राजनीति


हामी काम गर्न आएका हौं, भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री कार्की

हामी काम गर्न आएका  हौं, भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री कार्की

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १८:५४, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान कुनै हालतमा रोकिँदै-नरोकिँदै अघि बढ्ने स्पष्ट धारणा राखेकी छन्। 

बुधबार सिंहदरबारमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले यस्तो टिप्प्णी गरेकी हुन्।

‘हामी काम गर्न आएको सरकार हौं, युवाले बलिदान दिएर गरेको विद्रोहको मर्मअनुसार काम गर्नु हाम्रो कर्तव्य हो,’ कार्कीले भनिन्, ‘कुनै बहाना बनाएर पन्छिने छुट छैन, हामी रोकिँदैनौँ।’

उनका अनुसार निर्वाचन तयारी र सुशासनको जग बसाल्ने काम दुवै समानान्तर रूपमा अघि बढिरहेको छ। ‘अर्को आयोग आवश्यक छैन, विद्यमान निकायलाई स्वच्छ वातावरण दिनुपर्छ,’ कार्कीको भनाइ छ।

भ्रष्टाचार छानबिनका लागि नयाँ आयोग नबनाइनाको कारण स्पष्ट गर्दै प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोजस्ता स्थापित निकायहरू पर्याप्त रहेको बताइन्।

‘विगतमा यी निकायहरूमा दलीय प्रभाव परेको हुन सक्छ,’ कार्कीले भनिन्, ‘तर अब सरकार कुनै दबाब दिँदैन। पूर्ण स्वतन्त्रताका साथ काम गरुन् भन्ने वातावरण बनाइरहेका छौं।’

अख्तियारले हालै कतिपय ठूला भ्रष्टाचारमा छरितो ढंगले कदम चालेको उल्लेख गर्दै उनले सरकार कारबाहीमा गम्भीर रहेको समेत जनाइन्।

अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको कार्कीले बताइन्। ‘तपाईँहरुले समाचारमा पढिरहनुभएकै होला। केही ठूला भ्रष्टाचारका विषय  र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरुले कदम चालेका छन्,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad