राजनीति


विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे

विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १७:२७, काठमाडौँ

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरूले बिहीबार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुनेगरी आएको प्रतिक्रिया दिएका हुन्।

नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले पुस २८ गते भित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने समेत बताए। उनले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिकाअनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरूले तयारीको कामलाई अघि बढ्नुपर्ने जिकिर गरे 

नेता केसीले भने,‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ। यो कार्यतालिका कहीँ पनि प्रभावित भयो। १६ गते प्रभावित नहुन सक्छ। १८, २० वा २२ गतेतिर प्रभावित हुन खोज्यो भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ। यो चाहिँ हामीले महामन्त्रीलाई भेटेर फेरि पनि हामीले भन्नुपर्छ। त्यो कार्यतालिका प्रभावित भयो भने २८ गते भित्र हाम्रो विशेष महाधिवेशन बस्ने हो। विशेष महाधिवेशन हुनुपर्छ। त्यसका लागि हामी सबै तयार हुनुपर्छ।’

कांग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरूको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाए। उनले नियमित महाधिवेशन भन्ने कुरालाई अंगालेर विशेष महाधिवेशन पक्षहरू आफैँले गल्ती गरेको समेत बताए। 

सभापति श्रेष्ठले भने,‘हाम्रो विशेष अधिवेशनको तालिका छँदैछ। त्यो गर्छौं भनेर हामी आत्माविश्वासका साथ अघि बढेका पनि छौँ। तर वडा अधिवेशनबाट चुनिएर प्रतिनिधिहरू आएपछि हामी आधिकारिक हौँ भन्ने हुन्छ। हाम्रो विशेष महाधिवेशनको माग पनि तुहिन्छ। त्यसैकारण मेरो अनुरोध मैले शुरुमा पनि भनेको थिएँ–हामीले नियमित भन्न हुँदैन थियो।’

सभापति श्रेष्ठले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरूले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad