राजनीति


दुर्गा प्रसाईंको चुनौती: लडाईं नचाहने हो भने राजसंस्थाबारे जनमत संग्रह गरौँ

दुर्गा प्रसाईंको चुनौती: लडाईं नचाहने हो भने राजसंस्थाबारे जनमत संग्रह गरौँ

फाइल फोटो


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार २०:९, काठमाडौँ

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका छन्।

आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरू राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका हुन्। उनले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए। 

नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको बताए। 

आफूहरुका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको उनको भनाई थियो। यदी सरकारले आफूहरुका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए। 

प्रसाईंले भने, ‘हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔँ भनेका छौँ। ल तपाईंहरु लडाईं चाहनु हुँदैन भने जनमत संग्रहमा जाऔँ। हामीले नेपाल जोगाइराख्ने बाटो बनाइदिउँ। मेरा माग नेपाल बेच्ने माग छैनन्, नेपालीहरुको माग छ। नेपाल टुक्राउँ भन्ने माग छैन। गृहमन्त्री पोजेटिभ हुनुहुन्छ। म सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु। माग पूरा नभए आन्दोलन छँदैछ नि। चित्त नबुझ्नेले आन्दोलन गर्ने हो। यी माग पूरा भएनन् र चित्त बुझेन भने त आन्दोलन गर्छौं।’

अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेन–जीलाई टेकेर बनेको सरकारले जेन–जीहरूलाई नै थुनिरहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा रहेको दाबी गरे। जेन–जी विद्रोहीलाई थुन्न नहुने उनको भनाइ छ। 

उनले थपे, ‘उहाँहरुले भ्रष्टाचारीलाई पनि कारबाही गर्न सक्नुभएन। जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो आखिर त्यही जेन जीलाई थुनेको छ। उहाँहरु उल्टो बाटोमा हिँड्नुभएको छ। जेन–जी विद्रोहीलाई थुन्नुभएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad