राजनीति


अहिले बलियो नेतृत्वको खाँचो छ, तर रहर गर्नेलाई प्रतिस्पर्धा गर्न खुला छः शंकर पोखरेल

अहिले बलियो नेतृत्वको खाँचो छ, तर रहर गर्नेलाई प्रतिस्पर्धा गर्न खुला छः शंकर पोखरेल

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार २०:३४, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला आज यहाँ सम्बोधन गर्दै उनले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताए। 

‘अहिलेका चुनौतीलाई सामना गरेर अनुकूल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउने चाहने हामीहरु फेरि प्रतिस्पर्धा गरौँला,’ उनले भने, ‘तर अहिलेको समय चुनौतीलाई सामना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ।’

महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरुलाई प्रतिस्पर्धा खुला रहेको समेत बताए। उनले पार्टीको तल्लो कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताए। ‘सङ्कट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ। तर जति तल तह आयो त्यो सङ्कट समाधान हुन्छ,’ उनले भने, ‘कार्यकर्ताले पार्टीको रक्षा गर्नुपर्छ।’

महासचिव पोखरेलले पार्टीले बनाएका नीति अहिलेका चुनौती समाना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताए। उपत्यकाका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले नेतृत्वलाई बलियो बनाएर जाने बताए। कमिटीका अध्यक्ष प्रेम पराजुली महाधिवेशन सफल बनाउन सबै लाग्नुपर्ने बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad