खेल


एनपीएलमा धरमराउँदै गरेको विराटनगरलाई सुदूरपश्चिमको राहत

एनपीएलमा धरमराउँदै गरेको विराटनगरलाई सुदूरपश्चिमको राहत

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार २०:३७, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको विराटनगर किंग्सको पछिल्लो नतिजा भने निरासाजनक थियो। पछिल्ला तीन खेलमध्ये दुई खेलमा पराजित हुँदा विराटनगरको ‘प्लेअफ’ सम्भावना धुकचुकमा पुगेको थियो। 

बिहीबारको खेलमा चितवनले सुदूरपश्चिमलाई हराएको भए विराटनगर बाहिरिने समीकरण पनि बन्नसक्थ्यो। यसपछि अन्तिम खेलमा चितवनले पोखरालाई पराजित गरे उसको पनि आठ अंक हुन्थ्यो। 

लुम्बिनी लायन्स शुक्रबार जनकपुर बोल्टससँग भिड्दै छ। त्यो खेल लुम्बिनीले जिते लुम्बिनीको पनि आठ अंक नै हुनेछ। यस्तो अवस्थामा अन्तिम खेलमा सुदूरपश्चिमसँग विराटनगर पराजित भए विराटनगर नेट रनरेटका आधारमा यी तीमध्ये दुई टोली ‘प्लेअफ’मा पुग्ने समीकरण बन्थ्यो। 

तर, बिहीबार यस्तो समीकरणका लागि अनुकुल नतिजा आएन। सुदूरपश्चिमले चितवनलाई पराजित गरिदियो। यसको फाइदा भने विराटनगरलाई मिलेको छ। 

अब ‘प्लेअफ’को चौथो टोलीका लागि चार टोलीको प्रतिस्पर्धा हुँदा तीन टोलीको टुंगो भने यही नतिजाले लगाएको हो। तर, शुक्रबार लुम्बिनीले जनकपुरलाई हराएमा बाँकी तीनै टोलीको ‘प्लेअफ’को ढोका बन्द हुनेछ। 

बिहीबार चितवन सुदूरपश्चिम पराजित भएसँगै विराटनगर किंग्स पनि ‘प्लेअफ’मा पुगेको छ। बिहीबार भएको खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले हराएपछि तेस्रो स्थानको विराटनगर एक खेलअघि नै ‘प्लेअफ’मा पुगेको हो। सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हार भोगेको काठमाडौँले पनि प्लेअफ’मा स्थान पक्का गरिसकेको छ।

लिग चरणमा ६ खेल खेलेको विराटनगर चार खेलमा जित र दुई खेलमा हार भोग्दै आठ अंकसहित तेस्रो स्थानमा छ। 

विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले हराउँदै कीर्तिमान जित हासिल गरेको थियो। त्यसपछि दोस्रो खेलमा काठमाडौँलाई पाँच विकेटले र तेस्रो खेलमा जनकपुरलाई नौ रनले पराजित गरेको थियो। 

चौथो खेलमा भने चितवनसँग ४८ रनले नराम्ररी पराजित भयो। पाँचौ खेलमा कर्णालीलाई एक बल बाँकी छँदा तीन विकेटले हराएको विराटनगर छैटौँ खेलमा भने लुम्बिनीसँग पाँच विकेटले पराजित भएको थियो। लुम्बिनीसँगको फराकिलो पराजय भोगेको विराटनगरले अन्तिम खेलमा पनि बलियो सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो खेल शनिबार हुनेछ। 

आजको हारसँगै चितवनको ‘प्लेअफ’ यात्रा थप कठिन बनेको छ। अबको खेलमा चितवनले पोखरालाई पराजित गरे पनि नेट रनरेटमा अघि रहनुपर्नेछ। अर्कोतर्फ लुम्बिनी जनकपुरसँग पराजित हुनुपर्नेछ। 

लुम्बिनीले लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुरलाई पराजित गरेमा आठ अंकसहित ‘प्लेअफ’मा पुग्नेछ।

यो पनि पढ्नुहोस् : अपराजित सुदूरपश्चिमको क्वालिफायर यात्रा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad