राजनीति


राष्ट्रिय राजनीतिको चुनौती सामना गर्न ओलीलाई नेतृत्वमा ल्याउन खोजिएको हो : पोखरेल

राष्ट्रिय राजनीतिको चुनौती सामना गर्न ओलीलाई नेतृत्वमा ल्याउन खोजिएको हो : पोखरेल

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १६:५९, काठमाडौँ

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीति जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै केपी शर्मा ओलीलाई पुनः नेतृत्वमा ल्याउने तयारी भएको बताएका छन्।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित ११औँ महाधिवेशन प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्नसक्ने योग्य नेता केपी शर्मा ओली भएकैले उहाँलाई फेरि पार्टीको नेतृत्व दिन खोजिएको हो।’

ओलीमाथि भइरहेको आलोचना र राजनीतिक घेराबन्दीबारे बोल्दै पोखरेलले थपे, ‘यो आक्रमण व्यक्ति ओलीमाथि मात्र होइन, एमाले पार्टी, त्यसका नीतिहरू र नेपाल राष्ट्रलाई कमजोर बनाउनका लागि गरिएको घेराबन्दी हो। हामीले यसलाई सही रूपमा बुझ्नुपर्छ।’

उनले पार्टीभित्र एकताको आवश्यकता औंल्याउँदै भने, ‘अहिले प्रतिष्पर्धा होइन, पार्टीमा एकताको खाँचो छ। सबै एकतावद्ध भएर कमरेड केपी ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्न तयार हुनुपर्छ।’

ओली राजनीतिक रूपमा पहिले नै स्थापित नेता भएको दाबी गर्दै महासचिव पोखरेलले थप स्पष्ट पारे, ‘यो महाधिवेशनले ओलीलाई स्थापित गर्ने होइन। उहाँ राष्ट्रिय राजनीतिमा पहिल्यै स्थापित नेता हुनुहुन्छ। आज देशको राजनीति एमाले र अध्यक्ष ओलीकै वरिपरि घुमिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad