खेल


चितवनले पोखरालाई दियो एनपीएलकै कम लक्ष्य

चितवनले पोखरालाई दियो एनपीएलकै कम लक्ष्य

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १७:७, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई प्रतियोगिताकै सबैभन्दा कम लक्ष्य दिएको छ। 

शनिबार चितवनले पोखरासामु एक सय २१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो। एनपीएलको पहिलो खेलमा जनकपुर बोल्टसले काठमाडौँ गोर्खाजलाई एक सय ३१ रनको लक्ष्य दिएको थियो। त्यो खेल काठमाडौँले पाँच विकेटको क्षतिमा १८ ओभरमै जितेको थियो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा एक सय २० रन बनाएको हो। चितवनले तेस्रो ओभरको पहिलो बलमा सात रन बनाउँदा तीन विकेट गुमाएको थियो। 

चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। सैफ जैब १७ रन बनाउँदै पेभेलियन फर्के। ओपनर डेविड मलान पाँच तथा अर्जुन साउद र रवि बोपारा एक–एक रन बनाउँदै आउट भए। 

कप्तान कुशल मल्ल २३ रन बनाउँदा क्याच आउट नै हुन पुगे। अल्पेश रम्जानी ३३ र कमल ऐरी तीन रनमा नटआउट रहे। 

चितवनलाई कम स्कोरमा रोक्न पोखराका धनन्जय लक्षणले तीन विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान एक विकेट आफ्नो नाममा गरे। 

पोखराले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। लिग चरणको अन्तिम खेल खेलिरहेका पोखरा र चितवन सुखद अन्त्यको लक्ष्यमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad