समाज


पैसा कमाउने अन्य पेशा छन्, चिकित्सकले मानव सेवामा केन्द्रित हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

पैसा कमाउने अन्य पेशा छन्, चिकित्सकले मानव सेवामा केन्द्रित हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १७:२२, काठमाडौँ

पूर्व राष्ट्रपति डा. रामवरण यादवले चिकित्सक पेशा पैसा कमाउनेभन्दा पनि मानवीय सेवाबाट प्रभावित हुनुपर्ने बताएका छन्। 

शनिबार वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले चिकित्सकलाई मानवीय सेवामा केन्द्रित हुन आग्रह गरे। ‘चिकित्सा पवित्र पेशा हो, यसमा मानिसले पूर्ण विश्वास गरेका हुन्छन्,’ चिकित्सकसमेत रहेका पूर्व राष्ट्रपति यादवले भने, ‘पैसा कमाउने अन्य पेशा पनि भएकाले यसलाई बद्नाम नगरी मानव र समाज सेवामा केन्द्रित हुनुपर्छ।’

उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेकाले यसलाई थप सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए। ‘चिकित्सक र स्वास्थ्यकर्मीसँग ठूलो अपेक्षा राखेर बिरामी उपचार गर्न आएका हुन्छन्। त्यसैले पनि यो पेशामा संलग्न हुनेले स्तरीय सेवा दिन पछि हट्नुहुँदैन,’ यादवले भने। 

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको उनले उल्लेख गरे। ‘पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीर र प्रभावकारी सेवा दिँदै आएरहेको छ,’ उनले भने, ‘भारतको विहार, उत्तरप्रदेश, बङ्गाललगायत राज्यका बिरामी पनि गुणस्तरीय आँखाको उपचार गर्नका लागि यहाँ आउने उदाहरणले पनि यहाँको सेवा विकासबारे प्रस्टाउँछ। यी हाम्रा लागि सकारात्मक उपलब्धि हुन्।’

अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले अस्पतालले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटीलगायत उपचार सेवा दिँदै आएको जानकारी दिए। गत एक दशकमा १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको उनले बताए। जसमा आँखाको मात्रै शैल्याक्रिया एक लाखभन्दा बढी बिरामीको गरेको जानकारी दिए। 

अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावमा कोही पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने भावनाले उपचार गराउँदै आइरहेको बताए। आँखासम्बन्धी विशेषज्ञ चिकित्सक राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सोही अवसरमा सम्मानित गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad