राजनीति


एमाले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने

एमाले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १६:१५, काठमाडौँ

नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ। 

महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च, शौचालय, अतिथिलगायतका लागि आवश्यक अस्थायी संरचना निर्माण तीव्र पारिएको एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताए। भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका साथै अन्य संरचना निर्माण तीव्र गतिमा भइरहेको उनले बताए। 

उद्घाटनका दिनमा करिब पाँच लाख मानिसको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको बस्नेतको भनाइ छ। त्यस्तै, उद्घाटन स्थलमा १० हजार स्वयंसेवक परिचालन गरिने भएको छ। उनीहरूमध्ये पाँच सय ५० जना स्वयंसेवक पोसाकसहित सहभागी हुने बस्नेतले बताए। 

युवा सङ्घले ५० हजार कार्यकतालाई उद्घाटनस्थलमा ल्याउने र  नेसनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रमस्थलमा स्वयंसेवकका रुपमा परिचालन गर्ने उनले जानकारी दिए। 

महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आउने प्रतिनिधिको सवारीसाधनलाई जगातीबाट इँटा–टायल कारखाना एवं स्थानीय प्लटिङमा पार्किङ गरिने भएको छ। त्यस्तै, ¥यालीसहित सल्लाघारी उद्घाटनस्थलमा आउने र पश्चिमबाट आउने सवारीसाधनलाई मध्यपुरथिमिको गट्ठाघरस्थित नागगरिक उड्डयन प्राधिकरणको खाली जग्गा एवं कमेरोटार क्षेत्रका खाली जग्गामा पार्किङ गरिने व्यवस्था गरिएको उनले बताए। 

महाधिवेशनमा करिब दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिको छनोट प्रक्रिया शीर्षस्थ नेताको टोलीले गरिरहेको उनले बताए। 

यस पटकको महाधिवेशनमा एमालेले कुल प्रतिनिधि संख्यामा एक चौथाइ जेनजी युवालाई प्रतिनिधि बनाएको र केन्द्रीय कमिटीमा पनि जेनजीको प्रतिनिधित्व सुनिश्चित गरिने नेता बस्नेतले बताए।

यही मंसिर २७ गते १२ बजे उद्घाटन सत्र सुरु गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तया गरिएको छ। त्यसपछि मंसिर २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गरने भएको कार्यतालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad