नेकपा (एमाले)को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा ऊर्जावान समय दिएका कार्यकर्ता पाखा पारिएको बताएका छन्। उनले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिदाँ एमाले अहिलेको संकटमा पुगेको बताए।
बधबार एमालेको ईश्वर पोखरेल समूहले ११ औँ महाधिवेशनका सन्दर्भमा काठमाडौँमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बताए।
मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय किमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताए।

त्यस्तै अर्का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई चरिनाङ्गो बनाएको आरोप लगाए। भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको भन्दै उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए।
उनले एकनाथ ढालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद हुन मिल्ने, पार्टीमा विद्या भण्डारीको सदस्यता रोकेर गल्ती गरिएको बताए।
Shares

प्रतिक्रिया