नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि काठमाडौँ-१ बाट प्रकाशमान सिंहको नाम सिफारिस गरेको छ। उनीसँगै बाबुराम आचार्यको पनि नाम सिफारिस भएको छ।
कांग्रेस क्षेत्र नं.१ का सभापति रवीन्द्रविक्रम राणाका अनुसार प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि नाम सिफारिस भएको हो। काठमाडौँ-१ मा नेपाली कांग्रेसबाट सिंहले लगातार चुनाव लड्दै आएका छन्।
यस पटक कांग्रेसले सिंहसँगै आचार्यलाई पनि सिफारिस गरेको हो। उनले आफूलाई ‘जेनजीलाई पनि मिलाएर लाने र विकासप्रेमी युवा नेता’का रुपमा प्रस्तुत गर्दै प्रत्यक्षको टिकटमा दाबेदारी गरेका हुन्।
297
Shares

प्रतिक्रिया