नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौताप्रति कटाक्ष गरेका छन्।
बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा उक्त सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’को संज्ञा समेत दिए।
जेनजी आन्दोलनको ३ महिनापछि बुधबार जेनजी प्रतिनिधिले सरकारसँग लिखित सहमित गरेका थिए।
‘हिजो एउटा कलाविहीन नाटक भयो, गोबर टाँसेको सरकारले त्यो नाटक गर्यो,’ ओलीले भने, ‘त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातिदियो, त्यसैले त्यो कलाबिहीन भद्दा नाटक हो।’
अध्यक्ष ओलीले वर्तमान सरकारसँग निर्वाचन गराउने क्षमता नरहेको आरोप पनि लगाउँदै संसद् पुनःस्थापना नै अबको अन्तिम विकल्प भएको धारणा राखे।
108
Shares

प्रतिक्रिया