राजनीति


संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य : पाण्डे

संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य : पाण्डे

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १९:५९, गोरखा

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले संविधानलाई ‘ट्रयाक’मा ल्याउन निर्वाचन अपरिहार्य रहेको बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टी गोरखाले बिहीबार सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए।

‘संविधान अहिले लिकबाट बाहिर पुगेको अवस्था छ, तर चुनाव सम्पन्न भएपछि संविधान पूर्णरुपमा लिकमा फर्किने छ,’ उनले भने, ‘संसद् पुनःस्थापनाले देशलाई फेरि अर्को द्वन्द्वमा धकेल्ने सम्भावना रहेकाले निर्वाचनमार्फत नै संविधानलाई सही ट्रयाकमा हिँडाउन आवश्यक छ।’

उनले अहिलेको जटिल राजनीतिक परिस्थितिमा बृहत कम्युनिष्ट एकता अपरिहार्य भएको बताए। पार्टी एकताका क्रममा आएका विभिन्न आरोपप्रति प्रतिक्रिया जनाउँदै एमाले फुटाएर माओवादीसँग एकता गर्न खोजिएको वा माओवादीले विचार छाडेको जस्ता टिकाटिप्पणीहरु निराधार रहेको बताउँदै उनले पार्टी एकताको मूल आधार मार्क्सवाद-लेनिनवादको मार्गदर्शनमा आधारित नेपाली मौलिकताको समाजवाद भएको उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad