राजनीति


सुशीलाले कहाँबाट ल्याएकी हुन् यी चार मन्त्री?

सुशीलाले कहाँबाट ल्याएकी हुन् यी चार मन्त्री?

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १५:५२, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। शुक्रबार बनेका नयाँ मन्त्रीहरू श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम हुन्।

शुक्रबार मन्त्री बनेका चार जना नै राजनीतिक पृष्ठभूमिका व्यक्ति होइनन्। उनीहरू कसरी मन्त्री बनेका हुन् विस्तारै सार्वजनिक होला। हुन त प्रधानमन्त्रीई मन्त्री नियुक्ति गर्न स्वविवेकी अधिकार रहन्छ। शुक्रबार नियुक्त भएका नयाँ मन्त्रीबारे कुन क्षेत्रका हुन्, संक्षेपमा जान्नुहोस्। 

मार्केटिङ म्यानेजरबाट महिलामन्त्री
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी शारदा श्रेष्ठ दुई दशकदेखि नेपाली पर्यटन क्षेत्रसँग आबद्ध व्यक्ति हुन्। पछिल्लो समय  टुरिजम बोर्डकी सिनियर म्यानेजर रहेर उनले एशिया र ओसानिया युनिटमा काम गरिरहेकी थिइन्। अमेरिकी स्टेट डिपार्टमेन्टको हम्फे फेलो, उनीसँग दीगो पर्यटन विकासका क्षेत्रमा काम गरेको अनुभव पनि छ। मन्त्रीको रूपमा अब उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नीति, योजना तथा तिनको कार्यान्वयनको काम हेर्नुपर्नेछ। 

लेखक, अनुसन्धानकर्ताबाट वन मन्त्री

वन तथा वातावरण मन्त्री बनेका माधव चौलगाइँ कर्णाली विकासको क्षेत्रमा काम गर्दै आएका अनुसन्धानकर्ता हुन्। ग्रामीण विकासका कार्यक्रमहरूमा काम गरेका उनलाई कतिपयले एनजिओकर्मी पनि भनेर चिन्छन्। कुनै बेला उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषदको हेल्थ फर लाइफ परियोजनामा आबद्ध थिए। जनसंख्या, संस्कृति, पर्यटन, स्वास्थ्य र दुर्गम क्षेत्रको विकासमा अनुसन्धानकर्ता उनका कर्णालीको विकाससम्बन्धी लेख तथा पुस्तक प्रकाशित छन्।

अवकास प्राप्त एआईजीलाई श्रम मन्त्रालय
रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का पहिलो निर्देशक उनी अवकासपछि सुरक्षा विश्लेषक एवं सुरक्षा विज्ञको रूपमा लेख्दै बोल्दै आएका थिए। पछिल्लो पटक उनी औषधि व्यवासयीको रूपमा पनि चिनन थालेका थिए। 

कानुनको विज्ञता लिएर भूमि मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम प्राध्यापक हुन्। काठमाडौं स्कूल अफ लका क्याम्पस प्रमुख उनी अन्तर्राष्ट्रिय व्यापार कानुनका विज्ञ मानिन्छन्। अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता, विश्व व्यापार संगठन कानुन, वित्तिय अपराध कानुनमा विशेषज्ञता हाँसिल गरेका उनले डब्लुटिओको कानुनी पक्ष समेटेर पुस्तक पनि लेखेका छन्।

यो पनि : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad