नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारको सूचीमा पूर्वमन्त्री विद्या भट्टराई समेटिएकी छैनन्।
अध्यक्ष ओली उम्मेदवारको सूची तयार पारेर त्यसैअनुसार, उम्मेदवारी दर्ता गराउन नेताहरूलाई निर्देशन दिएका छन्। त्यो सूचीमा भट्टराईको नाम छैन।
एमालेको दशौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। यस पटक भने ओलीले उनलाई उम्मेदवारको सूचीमा राखेको छैन।
ओली प्रधानमन्त्री हुँदा भट्टराई शिक्षामन्त्री थिइन्। शिक्षक आन्दोलनलाई लिएर ओलीसँग विमती भएपछि शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन्।
819
Shares

प्रतिक्रिया