राजनीति


सचिवालय बैठकअघि ओली–प्रचण्डबीच छुट्टै कुराकानी

सचिवालय बैठकअघि ओली–प्रचण्डबीच छुट्टै कुराकानी

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १३:४९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच सचिवालय बैठकअघि छुट्टै वार्ता भएको छ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच छुट्टै कुराकानी भएको हो।

प्रचण्डको सचिवालले साे बैठकअघि दुई अध्यक्षबीच कुराकानी भएको बतायो।

‘सचिवालय बैठक सुरु हुनुभन्दा अगाडि दुई अध्यक्षबीच केहीबेर अलग्गै कुराकानी भएको थियो’, अध्यक्ष प्रचण्डको सचिवालयले नेपालखबरसँग भन्यो, ‘दुई अध्यक्षबीचको कुराकानी लगत्तै सचिवालय बैठक सुरु भएको हो।’

प्रधानमन्त्री ओली शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेर फर्केलगत्तै दुई अध्यक्षबीच कुराकानी भएको हो।

प्रधानमन्त्री ओलीले आजै दिउँसो उपाध्यक्ष वामदेव गौतमसँग पनि भेट गरेका थिए।

सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ।

यो पनि : सचिवालयको निर्णायक बैठकअघि शीतलनिवासमा राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad