नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत डेढ दर्जनभन्दा बढी वामपन्थी दल मिलेर बनेको नेकपाले एकताको सन्देश दिन सभा आयोजना गरेको हो। नेकपाको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशले संयुक्त रुपमा सन्देश सभा आयोजना गरेको हुन्।
देशका विभिन्न स्थानमा एकता सन्देश सभा गरेको नेकपाले आज काठमाडौँमा सभा आयोजना गरेको हो। सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
69
Shares

प्रतिक्रिया