राजनीति


‘हातमा चुरा लगाएर बसेका छौँ र?’ भनेपछि विवादमा सुदन गुरुङ

‘हातमा चुरा लगाएर बसेका छौँ र?’ भनेपछि विवादमा सुदन गुरुङ

निशा अधिकारी, सुदन गुरुङ र रक्षा बम


नेपालखबर
पुस ७, २०८२ सोमबार १७:२९, काठमाडौँ

जेनजी प्रतिनिधि तथा हामी नेपालका संस्थापक सुदन गुरुङ विवादमा तानिएका छन्। उनले दिएको विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचना भइरहेको हाे।  

केही दिनअघि एक पत्रकारले सुदनलाई अब केपी शर्मा ओलीले देश ठप्प पार्ने आन्दोलन गर्ने रे नि? भन्दै प्रश्न सोधेका थिए। जसको जवाफमा सुदनले हाउभाउसहित भनेका थिए, ‘हामी यहाँ चुरी लगाएर बसेका छौँ र! देश बनाउ भन्न चाहन्छु। उहाँहरुलाई यो भन्दा ठूलो चुनौती के हुन सक्छ र? जुन अन्तिम चुनौती हो।’

जुन अभिव्यक्तिकै कारण सुदन विवादमा फसेका हुन्। सुरुमा अभिनेत्री निशा अधिकारीले एक भिडिओ बनाउँदै यस भनाइप्रति आपत्ति जनाएकी थिइन्।

भिडिओमा चुरा  देखाउँदै निशाले महिलालाई अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै सुधनको आलोचना गरेकी छिन्। उनले अधिकारीले भनेकी छन्, ‘अब अर्को महासय आउनुभयो फेरि। चुरी लगाएर राख्या छौं रे! उहाँको प्रतिक्रिया। ब्रो सुदन तिमी त साथी पनि हौँ। तर, पब्लिकली नै महिलाको बारेमा बोल्नुपर्ने भएकोले म पनि पब्लिकलीनै स्टेटमेन्ट दिन्छु। ब्रो, यदि तिमीहरू सबैले चुरी लगाएको भए अहिलेसम्म सहमतिमा पनि आइ सक्थ्यौ। सुशासन पनि हुन्थ्यो र देशमा शान्ति पनि छाइसक्थ्यो। अलिकति विचार पुर्‍याएर ५१ प्रतिशत महिला भएको देशमा महिलालाई सम्मान गर्न सिक।’

त्यस्तै, सोमबार बिहानै जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदनसहित मिराज ढुंगानाप्रति लक्षित गरेर कडा टिप्पणी गरेकी छिन्।  फेसबुकमा लेख्दै उनले गुरुङ र ढुंगानामा पितृसत्तावादी सोच रहेको आरोप लगाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ पनि चेतावनी दिएकी छन्।

‘एकजना जेनजी मित्र, जो सेप्टेम्बर ८ को दिन आन्दोलनमै आएका थिएनन, आज अन्तरिम सरकारलाई ‘कामचोर’ घोषणा गरेर संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लखेकी छन्, ‘अर्का एक जेन जीका दाइ छन्, उनले पनि केही दिनअगाडि कान्तिपुर टीभीको फायरसाइडमा संसद् पुनस्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए। अनि फेरि आफै ‘हामी तिमीहरूलाई आउन दिन्छौँ र? हामीले हातमा चुरा लगाएका छैनौं’ पनि भन्दै थिए।’

रक्षाले उनीहरुमा पितृसत्तावादी सोच हावी भएको बताउँदै स्त्रीद्वेषी टिप्पणी नगर्न सुझाव दिएकी छिन्। साथै सुदनलाई टार्गेट गर्दै चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोगेको भन्दै व्यङ्ग्य गरेकी छिन्।

‘अनि जेन जीका दाइ, मेरा यी चुरा लगाएका दुबै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाईरहेकै छन्। चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला। स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस र याद गर्नुस, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। २८ भदौ २०८२ मा ढोगेको खुट्टा सम्झनुस्। तपाईले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो,’ उनले लेखेकी छिन्।

महिलाको हकहितमा बोल्ने धेरैले निशा र रक्षाको टिप्पणीमा सहमति जनाएका छन्। सुदनले चुरा लगाएका छौं र भनेर महिलालाई कमजोर सोचेको भन्दै धेरैले आलोचना समेत गरिरहेका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad