राजनीति


प्रचण्ड महोत्तरी-४ बाट सिफारिस

प्रचण्ड महोत्तरी-४ बाट सिफारिस

नेपालखबर
पुस ८, २०८२ मंगलबार २०:५८, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी जिल्लाको क्षेत्र नं ४ बाट उम्मेदवार सिफारिस भएका छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस भएको नेकपाले जनाएको छ।

सो क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि प्रचण्डसहित दुई जनाको नाम सिफारिस भएको हो। 

क्षेत्रीय भेलाले पहिलो नम्बरमा प्रचण्ड र दोस्रो नम्बरमा प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको नाम सिफारिस गरेको क्षेत्रीय समितिले जनाएको छ।

यस्तै समानुपातिकतर्फ अरबिन्द दास लगायत पाँच जनाको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित ४ जनाको नाम सिफारिस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad