समाज


गोठमा आगलागी हुँदा महिला घाइते, ८ वटा बाख्रा मरे

गोठमा आगलागी हुँदा महिला घाइते, ८ वटा बाख्रा मरे

नेपालखबर
पुस ८, २०८२ मंगलबार २१:२६, काठमाडौँ

मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा आज आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ भने एक जना घाइते भएका छन्। 
    
स्थानीय कविता सिंजालीको गोठमा आगलागी हुँदा गोठसहित गोठमा रहेको दुई वटा खसी, दुई वटा बोका र चार वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। 

काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा अचानक आगलागी हुँदा आगोले पोलेर ४४ वर्षीया सिंजाली घाइते भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। उनको स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीको भनाइ छ।

यसअघि सोमबार पनि आगो ताप्ने क्रममा आगोले पोलेर मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा एक नबालिका गम्भीर घाइते भएका थिए।

जाडोबाट जोगिन आगो ताप्ने क्रममा पोलेर चितवनको राप्ती नगरपालिका–१ लोथर घर भई बकैया गाउँपालिका–८ शिशिर दमार बस्ने दिलबहादुर प्रजाको पाँच वर्षीया छोरी सोनिया प्रजा गम्भीर घाइते भएकी थिइन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad