राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।
दुई पार्टीले आजै एकता सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्।
एकतापछि लिङ्देन नै अध्यक्ष बन्ने छन् भने थापालाई पूर्वअध्यक्षको हैसियत दिइने छ।
‘कमल थापाले पार्टी फुटाउनु पहिले जे जुन अवस्था थियो त्यही अवस्थामा फर्किने हो,’ राप्रपाका एक नेताले नेपालखबरसँग भने, ‘त्यही अनुसारकै जिम्मेवारी हुन्छ।’
सहमति अनुसार अब पार्टीको विधानले पूर्वअध्यक्षलाई तोकको भूमिका अनुसार नै थापाको जिम्मेवारी हुने छ। दुई नेताबीच भएको सहमति अुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्न राप्रपाकै हुने छ। पुस १६ गते एकता घोषणा कार्यक्रम हुने छ।
२०७८ माघ २५ गते कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए।
त्यसअघि मंसिरमा भएको महाधिवेशनमा उनी अध्यक्षमा लिङ्देनसँग पराजित भएका थिए।
निर्मल निवास (पूर्वराजा)को हस्तक्षेपका कारण आफू अध्यक्षमा पराजित हुनुपरेको भन्दै त्यसको छानबिन गर्नुपर्ने माग राखेका थिए।
तर, लिङ्देन त्यसमा तयार नभएपछि थापाले पार्टीबाट अलग भएको घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया