राजनीति


आयोगमा लेखकको दु:खेसो- प्रदर्शनकारीबाट जोगाउँदा अक्सिजन टुट्यो, केही दिनमै आमा दिवंगत हुनुभयो

आयोगमा लेखकको दु:खेसो- प्रदर्शनकारीबाट जोगाउँदा अक्सिजन टुट्यो, केही दिनमै आमा दिवंगत हुनुभयो

रमेश लेखक।


नेपालखबर
पुस १४, २०८२ सोमबार १५:३७, काठमाडौँ

जेनजी आन्दोलनका कारण आफ्नो पनि ठूलो क्षति भएको पूर्वगृहमन्त्री रमेश लेखकले बताएका छन्।

सोमबार जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोग समक्ष बयान दिँदै लेखकले देशले ठूलो क्षति व्यहोरेको बताउँदै आफ्नो व्यक्तिगत क्षति र पीडाबारे जानकारी गराएका हुन्। 

महेन्द्रनगरका दुई वटा र काठमाडौँको एउटा घर आगो लगाएर नष्ट गरिएको उनले बताए। ती दुवै ठाउँका घर आफूले नभई पीताले र पैतृक सम्पत्तिबाट बनेका उनले बयानमा भनेका छन्। 

‘पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा ‘खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भने जस्तै भएको छ। भाद्र २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन मेरो वृद्धा र अक्सिजन लिइरहनु पर्ने सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजन बिना नै राखि अस्पताल पुर्‍याउनु परेको कारणले केही दिनपछि दिवंगत हुनुभयो’, लेखकले बयानमा भने।

उनले थपे, ‘दश वर्षे सशस्त्र द्वन्द्वपछि तत्कालीन सरकार (सात दल) र माओवादीबीच भएको शान्ति वार्ता, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणका क्रममा भएका औपचारिक, अनौपचारिक वार्ता, संवाद, छलफल वा सहमतिमा म स्वयं संलग्न भई गरेका रिपोट र संकलन गरिएका महत्वपुर्ण दस्तावेजसहित झण्डै ५ हजार पुस्तक तथा ऐतिहासिक दस्तावेज जलेर नष्ट भए। तैपनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad