प्रतिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक सूचीलाई अन्तिमरुप दिन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा हालै रास्वपामा समाहित भएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह भने उपस्थित भएका छैनन्।
रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच आइतबार एकताको सहमति भएको थियो। जस अनुसार रवि सभापति हुने र बालेन आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तथा संसदीय दलको नेता हुने सहमति बनेको छ।
बालेनलाई रविपछिको वरीयता दिने समेत समझदारी भएको थियो। तर, एकतापछिको पहिलो केन्द्रीय समितिको बैठकमा बालेन भने देखा परेनन्।
462
Shares

प्रतिक्रिया