बेलौरी नगरपालिका–७ पौलाह बस्ने २८ वर्षीया हरिना चौधरीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।
आफ्नै घरमा कपडा सुकाउने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
27
Shares

प्रतिक्रिया