राजनीति


पुरानो नेतृत्वबाट अब हुँदैन भन्दै निवर्तमान सांसदले छाडे एमाले

पुरानो नेतृत्वबाट अब हुँदैन भन्दै निवर्तमान सांसदले छाडे एमाले

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८२ बुधबार ८:१०, काठमाडौँ

विघटित प्रतिनिधि सभाका सांसदसमेत रहेका नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने तयारीस्वरुप एमाले परित्याग गरेको चर्चा छ। 

‘अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो। देश प्रतिको अविचलित निष्ठा , सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त हो।’

उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टी परित्याग गरेको जनाएका छन्। 

‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने  अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु,’ उनले भनेका छन्, ‘आजसम्म यहाँ आइपुग्दा अवसर र जिम्मेवारी दिनुहुने सवैप्रति हार्दिक आभार व्यक्त गर्दछु।’ 

सुशासन, विकास, रोजगारीका साथै मुलुकलाई सम्वृद्वीको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाकासाथ सदैव यहाँहरु सवैसँग सँगसँगै रहने छु। जय देश!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad