राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपा छोडेर जाँदा एक्लै गएको भए पनि फर्किँदा ठूलो पार्टी पंक्ति लिएर आएको बताएका छन्।
बुधबार राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले घर फर्किँदा खुशी लागेको बताए। ‘विभिन्न कारणले गर्दा घर छोडेर गएँ, मन खुशी थिएन,’ थापाले भने, ‘घर फर्किँदा खुशी लागेको छ।’
राप्रपासँग एकता गर्दा ठूलो पार्टी पंक्ति पनि आएको बताए। ‘जाँदा एक्लै गएको थिए, अहिले घर फर्किँदा एक्लै छैन,’ थापाले भने, ‘देशभरका साथीहरू आएका छन्, ठूलो पार्टी पंक्ति आएको छ।’
देशका सबै जिल्लामा राप्रपा नेपालको पार्टी कमिटी रहेको उनको भनाइ थियो। त्यस्तै, धेरै जसो स्थानीय तहमा पनि संगठन विस्तार गरेको बताए। ती सबै अहिले राप्रपामा आएको उनको भनाइ थियो।
पार्टी छोडेर जाँदा लागेको आरोप पनि सकिएको उनको भनाइ थियो। ‘अब गीता छोएर कसम खाएप पनि पार्टी फुटाएको, हारे भागेको भन्ने आरोप पनि निराधार भयो होला। यद्यपी त्यसमा सत्यता थिएन,’ उनले भने।
Shares

प्रतिक्रिया