राजनीति


तोकिएको मितिमा नै निर्वाचन हुने अवस्था बन्यो : प्रधानमन्त्री कार्की

तोकिएको मितिमा नै निर्वाचन हुने अवस्था बन्यो : प्रधानमन्त्री कार्की

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १६, २०८२ बुधबार १८:७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छिन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौँमा आयोजना गरेको सर्वपक्षीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेको उल्लेख गरिन्।

‘सरकार, राजनीतिक दल तथा युवाहरुसँग निरन्तर सम्वाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौँ,’ कार्कीले भनिन्, ‘यसका लागि सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोगलगायतका सरोकारवालाहरुप्रति हामी आभारी छौँ।’

राजनीतिक परिवर्तनले आम नागरिकको जिविकामा सुधार गर्न नसकेका कारण ती परिर्वतन दिगो हुन नसकेको बताइन्। ‘नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन जति परिवर्तनकारी राजनीतिक आन्दोलन भए,’ कार्कीले भनिन्, ‘यस अवधिमा अन्तरिमसहित ५ पटक संविधान नयाँ बने। तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन।’

‘किनभने यी राजनीतिक परिवर्तनले समयानूकूल आम नागरिक जिविकामा सुधार गर्न सकेन। पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त भएन। हाम्रा आचरण र व्यवहार पनि न्यायपूर्ण हुन सकेन। परिणाम त नागरिकममा निराशा विष्फोटमा परिणत हुन पुग्यो,’ उनले थपिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad