पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदमा प्राडा सिर्जना श्रेष्ठ नियुक्त भएकी छन्।
प्रतिष्ठानका सहकुलपति समेत रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले प्राडा श्रेष्ठलाई रेक्टरमा नियुक्त गरेकी हुन्।
डा श्रेष्ठ पाटन अस्पतालमा बालचिकित्सा विभागमा कार्यरत छिन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा २१ को उपदफा (१०) बमोजिम डा श्रेष्ठलाई रेक्टर पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ। उनको कार्यकाल चार वर्षको हुनेछ।

87
Shares

प्रतिक्रिया