राजनीति


संविधानले दिएको हक कसैले रोक्न सक्दैन : प्रधानमन्त्री कार्की

संविधानले दिएको हक कसैले रोक्न सक्दैन : प्रधानमन्त्री कार्की

नेपालखबर
पुस २०, २०८२ आइतबार १३:०, काठमाडौँ

संविधानले दिएको हक कसैले रोक्न नहुने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्। 

आइतबार थारू कल्याणकारिणी सभाको टोलीसँगको भेटमा प्रधानमन्त्री कार्कीले थारू समुदायका हक रोकिएको विषयमा चिन्ता जनाइन्। संविधान र कानूनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने उनको भनाइ थियो। 

‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकरिहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानूनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा थारू कल्याणकारिणी सभाका अध्यक्ष  प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गरे। उनले संविधान बनेको १० वर्षमा पनि थारूको निजामति सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो गरे।

त्यसको जवाफमा प्रधानमन्त्री कार्कीले देश सबैको साझा फूलबारी भएकाले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व हुनुपर्ने बताइन्। सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीसँगको भेटका क्रममा टोलीले राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका लागि निम्तो दिएको छ। मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेका छन्। प्रत्येक वर्ष माघे संक्रान्तिका दिन थारू समुदायले माघी पर्व मनाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad