नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मदेवार सिफारिस भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि एमालेले महासचिव पोखरेललाई एकल सिफारिस गरेको हो।
आइबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरेको एमाले केन्द्रीय सदस्य जीवन गाैतमले जानकारी दिए।

दाङ २ महासचिव पोखरेलको गृह क्षेत्रसमेत हो। पोखरेल ०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए।
त्यतिबेला उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा १९२ मतले पराजित भएका थिए। निर्वाचनमा शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए।
84
Shares

प्रतिक्रिया