आइसीसी टी-२० विश्वकपका लागि बंगलादेशको अन्तिम टोली घोषणा भएको छ। भारत र श्रीलंकामा आगामी फेब्रुअरी मार्चमा हुने विश्वकपका लागि लिटोन दासको कप्तानीका बंगलादेशको टोली घोषणा भएको हो।
टी-२० विश्वकप खेल्दै आएको बंगलादेश अहिलेसम्म सेमिफाइनलसम्म पुग्न सकेको छैन। बंगलादेश, नेपाल, इटाली, वेष्ट इण्डिज र इङल्यान्ड रहेको समुह सी मा छ। समूह चरणबाट शीर्ष २ टोली सुपर ८ मा पुग्नेछन्।
बंगलादेशले आफ्नो पहिलो खेल आगामी फेब्रुअरी ७ मा वेष्ट इण्डिजविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ। नेपाल र बंगलादेश बीचको खेल आगामी फेब्रुअरी १७ मा हुनेछ। यद्यपि, बंगलादेशले भारतसँगको बिग्रदो सम्बन्धलाई देखाउँदै भारतबाट आफ्नो खेल श्रीलंकामा सार्न आईसीसीलाई आग्रह गरेको छ।
यसअघि विश्वकपका लागि इङल्यान्डले ह्यारी ब्रुकको कप्तानीमा टोली घोषणा गरिसकेको छ। यो समूहबाट नेपाल, वेष्ट इण्डिज र इटालीले टोली घोषणा गर्न बाँकी छ। विश्वकपको तयारीका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।
बंगलादेशको टोलीः
लिटोनकुमार दास (कप्तान), तान्जिद हसन, मोहम्मद प्रवेज होसैन इमोन, मोहम्मद सैफ हसन, मोहम्मद तहिद ह्दोय, मोहम्मद समिम होसैन, क्वाजी नुरुल हसन सोहन, साक मेहेदी हसन, मोहम्मद रिसाद होसैन, नसुम अहमद, मोहम्मद मुस्ताफिजुर रहमान, मोहम्मद तान्जिम हसन सकिव, तास्किन अहमद, मोहम्मद सैफ उद्धिन, मोहम्मद सोरिफुल इस्लाम
इङल्यान्डको टोलीः

प्रतिक्रिया