राजनीति


बयानका लागि जाँचबुझ आयोगले बालेनलाई पठायो लिखित प्रश्न, देउवा र प्रचण्डको पनि जवाफ आउन बाँकी

बयानका लागि जाँचबुझ आयोगले बालेनलाई पठायो लिखित प्रश्न, देउवा र प्रचण्डको पनि जवाफ आउन बाँकी

नेपालखबर
पुस २१, २०८२ सोमबार १४:३६, काठमाडौँ

भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई बयानका लागि लिखित प्रश्न पठाएको छ। 

आयोगका प्रवक्ता विज्ञानराज शर्माले बयानका लागि लिखित प्रश्न मेयर बालेनलाई पठाएको नेपालखबरलाई जानकारी दिए। 

आयोगले भदौ २३ र २४ गतेका घटानबारे बालेनलाई विभिन्न प्रश्न तयार पठाएको हो। 

भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला उनले अप्रत्यक्षरुपमा सहयोग पुर्‍याएका थिए। भदौ २३ को आन्दोलनमा काठमाडौँ महानगरले पानी वितरण गरेको थियो।

त्यस्तै २४ गते तत्कालीन प्रधानमन्त्री लगायतले राजीनामा दिइसकेको भन्दै जेनजीलाई आन्दोलनबाट फर्किन फेसबुकमार्फत आह्वान गरेका थिए। 

बालेने नयाँ सरकार गठन गर्ने सन्दर्भमा जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनलाई सर्त राख्न आग्रह गरेका थिए। 

बालेविरुद्ध एमालेनिकट अनेरास्ववियुले काठमाडौँ प्रहरी परिसर लगायत देशभरबाट उजुरी दिएकोका थियो। सुरुमा प्रहरीले उजुरी जाँचबुुझ आयोगमा पठाएको थियो।

तर, जाँचबुुझ आयोगले पुनः प्रहरीमै पठाएपछि तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालेन र सुदन गुरुङविरुद्धको उजुरी प्रहरीले तामेलीमा राखेको थियो। 

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र जेनजी प्रतिनिधि गुरुङ, पुरुषोत्तम यादव लगायतलाई पनि बोलाएर बयान लिइसकेको छ। 

आफ्नो निवास पुगेका आयोगका प्रतिनिधिलाई ओलीले पहिलै नै तयार पारेको लिखित बयान थमाएर पठाएका थिए। लेखकले पनि आयोगमा आफै गएर बयान दिएका थिए। अनि, लिखित जवाफ पनि पेस गरेका थिए। 

त्यस्तै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आयोगले लिखित प्रश्नवाली पठाएको थियो। तर, आयोग प्रवक्ता शर्माका अनुसार उनीहरुले अझै जवाफ पठाइसकेका छैनन्।

आयोगमा म्याद केही थपेर माघ ९ गतेसम्म पुर्‍याइएको छ। अब तोकिएको समयभित्रै प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारीमा आयोग रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad