कला


अभिनेत्री लक्ष्मी बर्देवा राजनीतिमा, बनिन् रास्वपाको केन्द्रीय सदस्य

अभिनेत्री लक्ष्मी बर्देवा राजनीतिमा, बनिन् रास्वपाको केन्द्रीय सदस्य

नेपालखबर
पुस २१, २०८२ सोमबार १४:२७, काठमाडौँ

अभिनेत्री लक्ष्मी बर्देवा राजनीतिमा प्रवेश गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य बन्दै उनी राजनीतिमा होमिएकी हुन्। 

काठमाडौँ महानगरका प्रमुख बालेन शाहको टिमबाट रास्वपाको केन्द्रीय सदस्य बनेकी हुन्। त्यसका लागि उनको नाम बालेन नै सिफारिस गरेको बताइएको छ। 

आइतबार रास्वपाको केन्द्रीय समिति बैठकले उनीसहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीय गरेको छ। केन्द्रीय सदस्यमा बालेन पनि छन्। लक्ष्मीले केही दिनमा पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ। 

बालेनको टिमबाट उनको नाम सिफारिस भएको थियो। तर, कुलमान घिसिङ नेतृत्वको पार्टीले रास्वपामा एकता गर्ने भएपछि उनको नाम समानुपातिकमा काटिएको बताइन्छ। त्यसपछि उनलाई पार्टीको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको थियो ।

फिल्म र रंगमञ्चमा जीवन्त अभिनयका कारण चर्चित लक्ष्मीले उनले अभिमन्युः च्याप्टर वान, बुलबुल, घामपानी, सेल्फी किङ, चङ्गा लगायतका दर्जन फिल्ममा काम गरिसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad