राजनीति


राष्ट्रिय सभा चुनावमा सिट बाँडफाँटबारे निर्णयको जिम्मा प्रचण्ड र माधव नेपाललाई

राष्ट्रिय सभा चुनावमा सिट बाँडफाँटबारे निर्णयको जिम्मा प्रचण्ड र माधव नेपाललाई

नेपालखबर
पुस २२, २०८२ मंगलबार १७:५७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनमा मतभारअनुसार सिट बाँडफाँट हुनुपर्ने अडान लिएको छ। 

मंगलबार बसेको नेकपाको परामर्श बैठकपछि निर्णय सार्वजनिक गर्दै नेता प्रकाश ज्वालाले यससम्बन्धी सम्पूर्ण निर्णय गर्ने जिम्मा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई दिइएको जानकारी दिए।

नेता ज्वालाका अनुसार सम्भव भएसम्म नेपाली कांग्रेस, नेकपा एमाले र मधेसकेन्द्रित दलहरूसँग सहकार्य गरेर अघि बढ्ने नीति पार्टीले लिएको छ। ‘सम्मानजनक सहमति बनेमा एकताबद्ध भएर जानेछौं,’ उनले भने।

उनले मतभार जुन छ, त्यसकै आधारमा सिट संख्या तय गर्नुपर्ने सुझाव पार्टीको रहेको स्पष्ट पारे। ‘मतभारले जति संख्या तान्छ, त्यहीअनुसार जाने हाम्रो अडान हो,’ज्वालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad