राजनीति


राष्ट्रियसभा निर्वाचन: कोसीबाट रोशनी मेचे एमाले उम्मेदवार

राष्ट्रियसभा निर्वाचन: कोसीबाट रोशनी मेचे एमाले उम्मेदवार

नेपालखबर
पुस २३, २०८२ बुधबार ११:९, काठमाडौँ

नेकपा एमालेले कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ। 

पार्टीले मेचेलाई आधिकारिक रुपमा रुपमा उम्मेदवार बनाउने निर्णय गरेको एमाले कोसी प्रदेश समितिले जनाएको छ। 

नेपाली कांग्रेसले भने कोसीबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्ने दुई जनाको नाम अझै टुंग्यासकेको छैन। कोसीमा तीन सिटमा कांग्रेस र एमालेले भागबण्डा गरेका छन्। 

कांग्रेसबाट उम्मेदवार बन्नेमा मिन विश्वकर्मा र सुनिल थापाको नाम चर्चामा छ। तरअझै टुंगो नलागेको कांग्रेसले जनाएको छ। 

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुन लागेको हो। रिक्त हुनेमा कोसीबाट ३, मधेसबाट ४, बागमतीबाट २, गण्डकीबाट २, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २।२ जना छन्। 

राष्ट्रिय सभामा रिक्त हुने १८ सिटका लागि आगामी माघ ११ गते चुनाव हुँदैछ। 

निर्वाचनमा मुख्य तीन दलबीच गठबन्धन हुने चर्चा छ। तर, कोसीका तीन सिटमा कांग्रेस र एमालेले मात्रै भागबण्डा गरेका हुन्। कांग्रेस र एमालेले भने नेपाली कम्युनिष्ट पार्टी पनि गठबन्धनमा सहभागी भएको बताएका छन्। 

एमाले कोसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले संयुक्त रुपमा उम्मेदवारी दर्ता गर्ने तयारी भएको जानकारी दिए।  

राष्ट्रियसभा निर्वाचनको लागि कोसीबाट प्रदेश सांसद ९३ र स्थानीय तहमा प्रमुख उपप्रमुख २७४ जना मतदाता छन्। 

यस पटकको राष्ट्रियसभाको निर्वाचनमा मतभार समेत बढेको निर्वाचन आयोगले जनाएको छ। 

कोसीमा प्रदेशसभा सदस्यको एक सांसदको मतभार ५३ पुगेको छ भनेँ स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ पुगेको  निर्वाचन आयोगले जनाएको छ।  

कोसी प्रदेशमा प्रदेशको कुल मतभार १०१३५ छ। जसमा सांसदको ४ हजार ९२९ र स्थानीय तहका प्रमुख उपप्रमुखको ५२०६ मतभार छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad