राजनीति


टोपबहादुरलाई थुनामा राख्ने जिल्लाको मिसिल झिकायो उच्च अदालतले

टोपबहादुरलाई थुनामा राख्ने जिल्लाको मिसिल झिकायो उच्च अदालतले

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १४:४३, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले झिकाएको छ। 

उच्च अदालत पाटनका न्यायाधिश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार कैफियत प्रतिवेदन माग गर्ने र जिल्ला अदालतबाट मिसिल झिकाइ साथै राखेर पेश गर्न आदेश दिएको हो।

नेपालीलाई भुटानी शरणार्थी भन्दै अमेरिका पठाएर करौडौँ ठगी गरेको आरोपमा रायमाझी हाल पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा छन्। जिल्ला अदालतले सुरुमा उनलाई थुनामा पठाएको थियो भने उच्च र सर्वोच्च अदालतले पनि त्यही आदेश सदर गरेको थियो। 

तर पछि उनले आफूलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै बन्दी प्रत्येक्षीकरणको निवेदन दिएका थिए। जसमा जिल्लाले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। 

त्यसविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका हुन्। उच्च अदालतले जिल्लाको मिसिल झिकाएर पेश गर्न भनेको हो। 

रायमाझीविरुद्ध ठगी, लिखित कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा थुनामा पठाउने आदेश भएको थियो। जेनजी आन्दोलनमा भदौ २४ गते कारागारबाट निस्किएका रायमाझी पछि आफै कारागार फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad