ग्लोबल


इरानमा दन्कियो आगो, रोकिएन हिंसा (भिडिओ)

इरानमा दन्कियो आगो, रोकिएन हिंसा (भिडिओ)

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १४:५१, काठमाडौँ

इरानको अवस्था करिब २ हप्तादेखि तनावग्रस्त छ।

बढ्दै गएको महँगी र बिग्रिँदै गएको आर्थिक अवस्थाको विरोधमा त्यहाँ १३ दिनदेखि निरन्तर प्रदर्शन भइरहेको छ। 

राजधानी तेहरानमा व्यापार हडतालबाट सुरु भएको आन्दोलन अहिले इरानका ५० भन्दा बढी सहरमा फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

बिहीबार राति प्रदर्शन थप हिंसात्मक बनेको छ। विभिन्न ठाउँमा आगजनी र नाराबाजीका साथै झडप भएका छन्।

मध्यराति राजधानी तेहरानका सडकमा आगो दन्किएको छ।आक्रोशित प्रदर्शनकारीहरूले सवारीसाधन र सरकारी कार्यालयहरूमा  आगजनी गरेका छन्। 

मिडिया रिपोर्टका अनुसार प्रदर्शनकारीको भिडले इरानको इस्फहानको मध्य जिल्लामा रहेको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा पनि आगो लगाइदिएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओमा राजधानी तेहरानसहित इरानका विभिन्न सहरमा ठुलो भिडले मार्च गरिरहेको देखिन्छ।

भिडिओ-

इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) का अनुसार प्रदर्शनको बाह्रौँ दिन बिहीबार रातिसम्म ३४ प्रदर्शनकारी र ७ सुरक्षाकर्मी मारिएका छन्। यस्तै २ हजार २७० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad