न्याय सेवा आयोगले न्याय सेवाका एक सचिवको सरुवा र अर्का सहसचिवलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको छ।
आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धवप्रसाद पुडासैनीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गर्न सिफारिस गरेको छ। महान्यायाक्तिवक्ताको कार्यालयमा उनले नायब महान्यायाधिवक्ताको रुपमा काम गर्नेछन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा महान्यायाधिवक्ताको कार्यालयका ध्रुवकुमार चौहानलाई सरुवा गरिएको छ। सहसचिव चौहान सचिवमा बढुवाका लागि सिफारिस भएका छन्। सचिवमा बढुवासँगै उनलाई आयोगमा पदस्थापन गर्न सिफारिस गरिएको हो।
आयोगले सरकारी वकिल समूहका तीन जना सहसचिवलाई पनि सरुवा गर्न सिफारिस गरेको छ। उच्च सरकारी वकिलको कार्यालय महेन्द्रनगर दरबन्दी भई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत सहन्यायाधिवक्ता पूजा खत्रीलाई उच्च सरकारी वकिलको कार्यालय हेटौँडामा सरुवा गरिएको छ।
हेटौँडामा कार्यरत अशोकराज रेग्मी उच्च सरकारी वकिलको कार्यालय जनकपुर र जनकपुरमा कार्यरत विवेककुमार बराललाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गर्न सिफारिस गरिएको छ।
Shares

प्रतिक्रिया