नेपाली कांग्रेसका नेता चुतरबहादुर चन्दले विशेष महाधिवेशनबाट सबैको साझा कांग्रेस बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दले चार महिनापछि कांग्रेसमा ज्यान आएको बताए। ‘चार महिना कांग्रेस कोमामा थियो,’ चन्दले भने।
उनले विशेष महाधिवेशनबाट सबै समेट्ने कांग्रेस बनाउनुपर्ने बताए। ‘विशेष महाधिवेशनले कांग्रेसभित्रको सबै विकृति अन्त्य हुने गरी, साझा कांग्रेस बनाउने अठोट गरोस्’, चन्दले भने।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष समेत रहेका चन्द कांग्रेस बैतडीका सभापति हुन्।
132
Shares

प्रतिक्रिया