नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक दलले शासन सत्ता सञ्चालन गर्न नसक्दा अहिलेको अवस्था आएको बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले देश संकटमा परेको बताए। जेनजी आन्दोलनपछि संकट आएको चर्चा गर्दै उनले भने, ‘यो देश र प्रजातन्त्र जोगाउनु छ।’
अहिलेसम्म विभिन्न आन्दोलन गरे पनि शासन चलाउन नसक्दा यो अवस्था आएको उनको भनाइ थियो। ‘असल मान्छे छैन भने जति पद दिए पनि मुलुक बन्दैन,’ भण्डारीले भने, ‘समाजमा आशा जगाउन सकेनौं। आन्दोलन गर्न सक्यौं, शासनसत्त सञ्चालन गर्न सकेनौँ।’
विशेष महाधिवेशनले कांग्रेस र देशलाई अगाडि लग्नसक्ने नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ थियो। अब समाजमा आशा जगाउनुपर्ने वेला भएको उनले बताए। त्यसका लागि विशेष महाधिवेशनले उपयुक्त नीति र नेतृत्व चयन गर्नुपर्नेमा भण्डारीले जोड दिए।
Shares

प्रतिक्रिया