राजनीति


बन्दसत्रमा विश्वप्रकाशको प्रस्ताव- बदलिएको देश, बदल्नुपर्ने कांग्रेस (पूर्णपाठ)

बन्दसत्रमा विश्वप्रकाशको प्रस्ताव- बदलिएको देश, बदल्नुपर्ने कांग्रेस (पूर्णपाठ)

नेपालखबर
पुस २८, २०८२ सोमबार १२:३७, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा प्रस्ताव पेश गरेका छन्। 

सोमबार बिहान बन्दसत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गरेसँगै शर्माले आफ्नो प्रस्ताव पेश गरेका हुन्। जसमा शर्माले ‘सद्भाव, सुशान र समुन्नतिको नवीन यात्रा’ भनेका छन्। 

बन्दसत्रमा प्रस्ताव पेश गर्दै शर्माले भने, ‘यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वास भर्नेछ, अर्कातर्फ समाजमा नवीन विश्वास जागृत गर्न सकारात्मक सन्देश प्रवाह गर्नुछ। विश्वास र आत्मविश्वासको यो अठोट र अभियान नै आजको हाम्रो प्रधान कार्यभार हो।’

उनले अबको कांग्रेसको यात्राबारे प्रस्तावमा उल्लेख गरेका छन्। यसको अन्त्यमा उनले कांग्रेसलाई बदल्नुपर्ने बताएका छन्। 

शर्माले भनेका छन्, ‘हामी जान्दछौँ, जो बदलिन सक्छ, उसैले बदल्न सक्छ। देशको समयलाई कुनै वेला कांग्रेसले आफू अनुकुल बदलेको थियो, आज बदलिएके समय अनुकुल कांग्रेसले आफूलाई बदल्नुछ। हामी बदलिन सक्छौँ, बदल्न सक्छौँ, कांग्रेसलाई रिबिल्डिङ र रिब्रान्डिङ गर्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad