खेल


‘विश्वकप ग्लोबल छनोटमा सर्वाधिक रन बनाए ५० हजार, विकेट झारे ३५ हजार’

अमरावती बुटिक होटलको प्रोत्साहन पुरस्कार
‘विश्वकप ग्लोबल छनोटमा सर्वाधिक रन बनाए ५० हजार, विकेट झारे ३५ हजार’

नेपालखबर
पुस २८, २०८२ सोमबार १२:३८, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरुलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

महिला क्रिकेटलाई प्रोत्साहन गर्न उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेको अमरावती बुटिक होटलका प्रबन्धनिर्देशक कुशल श्रेष्ठले जानकारी दिए।

ग्लोबल छनोटमा सर्वाधिक रन बनाउने खेलाडीलाई ५० हजार र सर्वाधिक विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ दिने श्रेष्ठले बताएका हुन्।

महिला क्रिकेटको विकास र खेलाडीहरूको मेहनत तथा प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदान आवश्यक रहेको श्रेष्ठले बताए।

उनले भने, ‘महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाइरहेका छन्, यस्ता प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वासट छ।’

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट माघ ४ गतेदेखि १८ गतेसम्म घररेलु मैदानमा सुरु हुँदै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad