राजनीति


विशेष महाधिवेशन पक्षधरको जवाफ- नेतृत्व फेर्न ५१ प्रतिशत भए पुग्छ

विशेष महाधिवेशन पक्षधरको जवाफ- नेतृत्व फेर्न ५१ प्रतिशत भए पुग्छ

नेपालखबर
पुस २८, २०८२ सोमबार १८:३२, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्न २ तिहाइ मत नचाहिने बताएको छ। 

सोमबार विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेता सुवाषकुमार पोखरेलले सभापतिविरुद्ध अविश्वास प्रस्ताव ल्याए मात्रै २ तिहाइ चाहिने बताए।

‘यो विशेष महाधिवेशन हो, यसले ५१ प्रतिशतलाई आकर्षित गर्छ,’ पोरखेलले भने, ‘र, अविश्वासको प्रस्तावले २ तिहाइलाई आकर्षित गर्छ।’

नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सभापति हटाउन २ तिहाइ महाधिवेशन प्रतिनिधिको मत चाहिने बताएका थिए। 

त्यसको जवाफ दिँदै पोरखेलले आफूहरुले कुनै व्यक्तिविरुद्ध विशेष महाधिवेशन नगरेको बताए।

‘हामीले सभापतिको उपर अविश्वास प्रस्ताव राखेको होइन,’ उनले भने, ‘सिंगो केन्द्रीय समितिले लिने नीति र नेतृत्वविरुद्ध राखेको हो। यो कुनै व्यक्ति उपर हुँदैन।’

महाधिवेशन पक्षधरले आइतबारसम्म विशेष महाधिवेशनका पक्षमा करिब ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad