नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन्।
‘सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय गरियो।’
बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही जिल्ला र क्षेत्रबाहेक अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
एमालेले टुंग्यायो अधिकांश जिल्लाका उम्मेदवार (सूचीसहित)
तर, उम्मेदवार छनोट गर्दा इतर खेमाप्रति अध्यक्ष ओली अनुदार देखिएका छन्।
Shares

प्रतिक्रिया