सुदूरपश्चिम


आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका नेतालाई एमालेले दिएन टिकट

आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका नेतालाई एमालेले दिएन टिकट

अशोककुमार चन्द


नेपालखबर
माघ ४, २०८२ आइतबार ७:३१, काठमाडौँ

नेकपा एमालेले आउने फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टिकट वितरण गर्दा आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका नेतालाई पाखा लगाएको छ। 

उम्मेदवार सिफारिसका क्रममा भएको आन्तरिक मतदानमा सर्वाधिक मत पाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का लागि सिफारिस अशोककुमार चन्दलाई एमालेले टिकट नदिएको हो। 

शनिबार बसेको एमाले सचिवालय बैठकले उनको सट्टा आन्तरिक प्रतिस्पर्धामा पुछारमा रहेका युवा संघका पूर्वअध्यक्ष वचनबहादुर सिंहलाई कञ्चनपुर-२ मा उम्मेदवार बनाउने निर्णय गरेको हो। 

उनी २०७९ भा भएको प्रदेशसभा चुनावमा हारेका व्यक्ति हुन्। 

उम्मेदवार सिफारिस गर्नुअघि भएको मतदानमा चन्दले सबैभन्दा बढी ६१ मत ल्याएका थिए भने सिंहले सबैभन्दा कम ५० मत पाएका थिए।

यसैबिच एमालेले कञ्चनपुर जिल्लाका अन्य २ निर्वाचन क्षेत्रमा पनि उम्मेदवार तोकिसकेको छ। 

जसअनुसार कञ्चनपुर-१ मा एमाले केन्द्रीय सदस्य कमला बोहराले टिकट पाएकी छन्। २०७९ को चुनावमा त्यस क्षेत्रमा कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै विजयी तारालामा तामाङलाई भने यसपटक एमालेले रोकेको छ। 

यस्तै कञ्चनपुर-३ मा एमालेले डा. दीपकप्रकाश भट्टलाई उम्मेदवार बनाएको छ। २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार बनेका उनले कांग्रेसका रमेश लेखकलाई हराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad