राजनीति


राष्ट्रिय सभाका ३ सदस्यले दिए राजीनामा, प्रत्यक्ष चुनाव लड्दै

राष्ट्रिय सभाका ३ सदस्यले दिए राजीनामा, प्रत्यक्ष चुनाव लड्दै

नेपालखबर
माघ ४, २०८२ आइतबार १२:५१, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव लड्न राष्ट्रिय सभाका ३ सदस्यले राजीनामा दिएका छन्। 

राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले र अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजिनामा दिएका हुन्। 

नेपाली कम्युनिस्ट पार्टीका नेता रहेका श्रेष्ठले सर्लाही-३ बाट चुनाव लड्दै छन् भने गौतमले बर्दिया-१ बाट प्रतिस्पर्धा गर्ने बताइएको छ। 

त्यस्तै नेकपा एमालेकी नेता न्यौपानेले तनहुँ-१ बाट चुनाव लड्दै छिन्। 

उनीहरूको माघ १० गतेदेखि राष्ट्रिय सभाको अवधि सकिँदै थियो। माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad