राजनीति


ओलीले टिकट नदिएपछि गोकुल बास्कोटा: मसँग आँखा जुधाएर कुरा गर, बदख्वाही नगर

ओलीले टिकट नदिएपछि गोकुल बास्कोटा: मसँग आँखा जुधाएर कुरा गर, बदख्वाही नगर

नेपालखबर
माघ ५, २०८२ सोमबार १२:२९, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफ्नो बदख्वाहीँ नगर्न आग्रह गरेका छन्। 

एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट नदिएपछि बास्कोटाले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘त्यतिमात्र सत्य बोल जति भेट हुदा आँखा जुधाएर कुरा गर्न सकियोस,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जस्लाई जे लिनुदिनु छ त्यो गर्नु। तर, पदमा बसेर नभएका कुरामा मेरो बद्ख्वाई नगर्नू। म पद लिएर आएको पनि होइन र जाने पनि होइन।’

बास्कोटा निर्वाचित हुँदै आएको काभ्रे २ मा यसपटकको निर्वाचनमा अध्यक्ष केपी ओलीले बास्कोटालाई टिकट नदिएर अशोककुमार ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाएका छन्। 

पछिल्लो समय बास्कोटा ओलीको आलोचकको रुपमा चिनिँदै आएका छन्। सोही कारण ओलीले बास्कोटालाई टिकटबाट बञ्चित गरेको चर्चा छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad