राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक प्रवेश गरेका निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशका कुनै पनि निकायमा दलीयकरण तोडने बताएका छन्।
सोमबार जनकपुरधाममा आयोजित रास्वपाको परिवर्तन उदघोष सभालाई सम्बोधन गर्दै सिंहले सुशासन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। उनले अब देशमा अन्याय, बेथिति र भ्रष्टाचार सहन नसकिने अवस्था आएको बताए।
‘हामीले आज नयाँ संकल्प लिएका छौँ, कुनै पनि संस्थालाई दलीयकरण गर्न दिँदैनौँ, कसैमाथि अन्याय हुन दिने छैनौँ। भ्रष्टाचारलाई जरैदेखि उखेलेर जेलमै पठाउने छौँ,’ सिंहले भने।
सभामा बोल्दै उनले रास्वपाले अघि सारेको नेतृत्व र वैकल्पिक राजनीतिक धाराको प्रशंसा गर्दै भने रास्वपाबाट प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका बालेन्द्र शाहलाई सहयोग गरी देशलाई नयाँ दिशामा लैजान जरूरी रहेको बताए।
रास्वपाले मधेस केन्द्रित कार्यक्रममार्फत संगठन विस्तार र जनसमर्थन मजबुत बनाउँदै जाने रणनीति लिएको उनले बताए।

प्रतिक्रिया