नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएपछि सिन्धुलीमा बागी उम्मेदवारको प्रस्तावक बनेका नेता हरिबोल गजुरेल काठमाडौँ फर्किका छन्।
सिन्धुली-२ मा नेकपाको तर्फबाट लेखनाथ दाहाल (राजन) उम्मेदवार छन्। तर, नेकपाकै अर्का नेता महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन्। बागी उम्मेदवारी दिएका महेश्वरको प्रस्तावकमा गजुरेल रहेका थिए।
सिन्धुलीको विवाद सुल्झाउन नेकपा संयोजक प्रचण्डले काठमाडौँ बोलाएको गजुरेलले बताए। ‘काठमाडौँ पुग्दै छु, अहिले बाटोमै छु,’ गजुरेलले नेपालखबरसँग भने, ‘उम्मेदवारीको सन्दर्भमा सहमतिका लागि प्रयास गर्न बोलाउनु भएको हो।’
स्थानीय नेतासँगै सिन्धुलीबाट काठमाडौँ आउन लागेको उनले बताए। बागी उम्मेदवारी दिएका महेश्वर दाहाल, नेकपाका सिन्धुली संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज वसन्त माझी पनि काठमाडौँ आउँदै छन्।
Shares

प्रतिक्रिया