नेकपा एमालेको ओखलढुंगा जिल्ला कमिटीका अध्यक्षसहितका नेता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन्।
शुक्रबार दिउँसो २ बजेपछि नवदुर्गा पार्टी प्यालेस, सुकेधारा काठमाडौँमा हुने कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गर्न लागेका हुन्।
नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपालसहितका नेताले उनीहरुलाई स्वागत गर्ने नेकपाले जनाएको छ।
एमालेका जिल्ला अध्यक्ष खड्का, उपाध्यक्ष, सचिवसहितका नेता नेकपामा प्रवेश गर्न लागेका हुन्।
2.8k
Shares

प्रतिक्रिया